+
+

साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १७:०३

२० मंसिर, काठमाडौं । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोको नक्क‍ली फेसबुक पेज बनाएको आरोपमा युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्‍ने १८ वर्षीय युवक करण महतो रहेका छन् ।

महतोले साइबर ब्‍यूरोको नक्क‍कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्‍यानमा पारी ठगी गर्ने अभिप्रायले उक्‍त पेजको दुरूपयोग गरेको ब्‍यूरोको आरोप छ ।

पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।

हेर्नुहोस्  ब्‍यूरोको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?