+
+

नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १३:२७

२२ मंसिर, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

स्कटल्यान्डसँगको यो खेलका लागि नेपाली टिममा एकजना खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलको स्थानमा बाँया हाते अलराउन्डर हरिशंकर शाह पहिलो रोजाइमा मैदान उत्रिएका छन् ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो अन्तिम खेल हो ।

नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए ।

दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा अंक बाँडेको नेपालले त्यसपछिका दुवै खेल हारेको थियो । स्कटल्याण्डसँगको आजको खेलमा नेपाल शृंखलामा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, हरिशंकर शाह, आरिफ शेख, सागर ढकाल, ललित राजवंशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?