+
+

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १८:१७
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् ।

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दीगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रबर्द्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन् ।

राष्ट्रिपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दीगो आर्थिक विकास गर्न महत्वपूर्ण योगदान गर्नसक्ने बताइन् । उनले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको विस्तार गर्न आवश्यक रहेको बताइन् । उनले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पुर्‍याउन र बजार विस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्न सकिने बताइन् । उनले हस्तकला उद्योगको विकास र विस्तारले नेपालको आर्थिक सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उनले हस्तकला क्षेत्रले रोजगारी
सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइन् ।

हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार विस्तारको लागि आवश्यक नीति तथा कानुनलाई सरकारले सहजता दिनुपर्ने उनको भनाइ थियो । मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यवसायिक तालिमको प्रबर्द्धन गर्दै लैजान आवश्यक रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?