+
+

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३६ करोडको कारोबार

साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अंक (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अंकमा बन्द भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १५:३४

२६ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अंक (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अंकमा बन्द भएको छ । गत सोमबारदेखि लगातार चार कारोबार दिन घटेको नेप्से पाँचौ दिनमा आएर भने दोहोरो अंकले बढेको हो ।

बैंकिङ बोहक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ । राष्ट्र बैंकले बैंकहरुले लिने निक्षेप र कर्जाबीचको औसत ब्याजदर अन्तरमा कडाइ गर्नुको साथै गत आर्थिक वर्षमा बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थामा गरेको कडाइले अपेक्षाकृत लाभांश नपाउँदा बैंकका लगानीकर्ता निराश बनेका छन् । कोभिड-१९ को समयमा भन्दा बैंकहरुको लाभांश घटेका कारण पनि बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा बैंकिङ उपसूचक नै गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ । सोमबार कारोबार भएकामध्ये नबिल बैंकको २१ करोड ३२ लाख ४२ हजारको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर १० करोड ९८ लाख ७८ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २०६ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।

यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.९३ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५.७१ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ । यस्तै आइतबार मात्रै ३० प्रतिशत लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्य पनि ३.६६ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?