+
+

फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १६:११

काठमाडौं । मन्दीप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर फिल्म निर्माण गरेका हुन् ।

प्रेममा बदला र समर्पणको कथावस्तुलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको छ । निर्देशक मन्दीप रानाले आधुनिक युवापुस्ताको प्रेमको प्रवृत्तिलाई फिल्ममा उतारिएको बताए ।

फिल्ममा द्वन्द्व र नृत्य निर्देशन पनि रानाले गरेका छन् । फिल्मको छायांकन राहुल राई, सम्पादन नेत्र गुरुङ र अशोक आलेले छ ।

निर्मातामा नवीन घताने छन् । देशभक्त कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोकाको अभिनय छ ।

आगामी पुस १५ गते ल्होसारको छेकोमा फिल्म प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?