+
+

जाडो लक्षित हिम इलेक्ट्रोनिक्सको हिटर बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १८:४५

काठमाडौं । हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ ।

हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ । यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको भन्दै कम्पनीले यी हिटर तुरुन्तै तातिने र दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिने बताइएको छ । हिमस्टारका हिटर २ हजार ३९० देखि अधिकतम ४ हजार रुपैयाँसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?