+
+

महानगर दिवसमा ८ विद्यालयलाई उत्कृष्ट पुरस्कार र सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १६:१२

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

महानगरभित्रका ८ सामुदायिक तथा संस्थागत विद्यालयलाई नगद एक लाखसहित पुरस्कृत गरिएको महानगर शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

काठमाडौं महानगरले सामुदायिकतर्फको एसईईको नतिजाको आधारमा उत्कृष्ट श्रम राष्ट्रिय माध्यामिक विद्यालय कुमारीगाल, कक्षा १२ को नतिजाको आधारमा उत्कृष्ट ज्ञानोदय मावि बाफल, संस्थागत तर्फको एसईईको एलिक्सर एकेडेमी खरीबोट, कक्षा १२ को नतिजाको आधारमा सेन्ट जेभियर्स थापाथलीलगायत ८ विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा एक लाख नगद सहित राष्ट्रिय झन्डा पुरस्कृत गरिएको महानगरले जनाएको छ ।

यस्तै प्राविधिक तर्फ उत्कृष्ट जीपीए ल्याएका विद्यालयहरुलाई पनि एक लाख नगदसहित पुरस्कृत गरिएको छ ।महानगरले यो वर्षदेखि संस्थागत विद्यालयहरुलाई पनि पुरस्कृत गर्न थालेको छ ।

महानगरको शिक्षा उन्नतीको लागि संस्थागत विद्यालयको पनि योगदान रहेकोले समान व्यवहार स्वरुप पुरस्कृत गरिएको अधिकृत सुवेदीले बताए । उनले भने ‘महानगरको शिक्षा उन्नतीको लागि संस्थागत विद्यालयले पनि उत्तिकै काम गरिरहेकोले अब हामी सँगसँगै छौं भन्ने सन्देश हो यो ।’

उत्कृष्ट विद्यालय छनोटको मापदण्डहरुमध्ये एसईई नतिजालाई पनि आधार मानिएको हुँदा उत्कृष्ट विद्यालयको रुपमा आधारभूत विद्यालय नपरेको अधिकृत सुवेदीले बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट विद्यालय छनोट गर्ने मापदन्डमा एसईईको नतिजालाई पनि लिएको हुँदा आधारभूत विद्यालय नपरेको हो ।’

यस्तै प्राविधिक विषयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यालय, शैक्षिक प्रशासन र व्यवस्थापनमा उत्कृट विद्यालय, मावि तथा आवि तहका उत्कृष्ट शिक्षक, उत्कृष्ट हेडमास्टर, सीएलसी, बालकक्षाका सबै तहबाट छनोट गरेर पुरस्कृत गरेको सुवेदीले बताए ।

शिक्षा सुधारका लागि मुख्य भूमिका शिक्षकको हुने भएकोले शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको शिक्षा शाखा अधिकृत सुवेदीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?