+
+

सिड्नी थण्डर १५ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १८:५९

१ पुस, काठमाडौं । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा सिड्नी थण्डर १५ रनमा अलआउट भएको छ । शुक्रबार एडिलेड स्ट्राइकर्स विरुद्धको खेलमा थण्डर ५.५ ओभरमा १५ रन बनाउँदै अलआऊट भएको हो ।

थण्डरका ब्रेण्डन डगेटले सर्वाधिक ४ रन बनाए । पाँच खेलाडीले खाता खोल्न सकेन ।

थण्डरलाई १५ रनमा अलआउट गर्न एडिलेड स्ट्राइकर्सका हेनरी थोर्नटोनले ५ तथा वेस एगरले ४ विकेट लिए ।

जितका लागि १४० रनको लक्ष्य पछ्याएको सिड्नी १५ रनमा अलआउट हुँदै १२४ रनले पराजित भयो ।

सिड्नी थण्डरले बनाएको १५ रन  बिग बास लिगको मात्र नभएर टी-२० फर्म्याटकै अहिलेसम्मकै कम स्कोर हो ।

यसअघि कन्टिनेन्टल कपमा चेक गणतन्त्रसँगको खेलमा टर्की २१ रनमा अल आउट भएको थियो । बिग बास लिगमा भने यसअघि मेलबर्न स्टार्स विरुद्धको खेलमा मेलबर्न रेनेगेड्स ५७ रनमा अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?