+
+

प्रचण्डको दाबी- आलोपालो प्रधानमन्त्रीको समझदारी भएकै हो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १९:४५

४ पुस, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पत्रकारहरुले सोधे, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा केही सहमति भएको थियो जनादेश आइसकेपछि म (प्रचण्ड) प्रधानमन्त्री बन्ने भनेर ?’

प्रचण्डले जवाफ दिए, ‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

पत्रकारहरुले फेरि सोधे, ‘त्यो सहमति भएको हो ?’

प्रचण्डले जवाफ फर्काए, ‘करिब करिब त्यो समझदारी अहिले पनि छ ।’

माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्री नै चाहिन्छ भन्ने बटमलाइन हो ?’ भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिए, ‘बटमलाइन भन्ने केही कुरा छैन । समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरु नै भयो भने अरु नै हुन पनि सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?