+
+

पोखरा फाइनान्सले ४ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ११:००

५ पुस, काठमाडौं । पोखरा फाइनान्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।

४ पुस सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयर धनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ४ करोड ८९ लाख १९ हजार ८१३ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमध्ये ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?