+
+

कांग्रेस सांसद माया राईले अस्पतालबाटै हालिन् भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १०:३४

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।

उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका हुन् ।

निर्वाचन समितिका एक जना सदस्य प्रकाश रसाइली (स्नेही)ले सांसद राईले अस्पतालबाटै भोट हालेको पुष्टि गरे ।

नेपाली कांग्रेसका कूल ८९ सांसदहरुमध्ये सबैले भोट हालेको निर्वाचन समितिले जनाएको छ । संसदीय दलको नेता चुनिन बहुमत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?