+
+

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १२:१४

६ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २० करोडको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै लाभांशको कर प्रयोजनको लागि समेत गरी १० प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?