+
+

छोरा रेशम चौधरीले खोलेको पार्टीमा पसे सांसद लालवीर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १९:१४

८ पुस, काठमाडौं । बर्दिया-२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् ।

लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए ।

लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता रेशककी श्रीमती हुन् ।

गत मंसिर ४ गते सम्पन्‍न प्रतिनिधिसभाको चुनावमा बर्दिया-२ बाट २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका थिए ।

लालवीरले सत्ता गठबन्धनका उम्‍मेदवार सुरेश पन्थ र एमाले गठबन्धनका उम्‍मेदवार पंकजसिंह राठौंरलाई पराजित गरेका थिए ।

योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?