+
+

नेपाल टी-२० : लुम्बिनी अल स्टार्सको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १७:०१

९ पुस, काठमाडौं । फार वेस्ट युनाइटेडलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा विजयी सुरुवात गरेको छ ।

शनिबार सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनीले फार वेस्टलाई ६७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लुम्बिनीले दिएको १५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट युनाइटेड १६.२ ओभरमा ८५ रनमै अलआउट भयो ।

फार वेस्टका लागि कप्तान हस्मतुलाल्ह शहिदीले सर्वाधिक ३५ रन बनाए । उनले ४४ बल खेल्दै २ चौका प्रहार गरे । यस्तै विनोद भण्डारीले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । फार वेष्टका दुई खेलाडी रनआउट भएका थिए भने १२ रन अतिरिक्तबाट पाएको थियो ।

लुम्बिनीका लागि  कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ तथा सागर ढकालले २ विकेट लिए । प्याट ब्राउन, किशोर महतो र विपुल शर्माले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ओपनर लहिरु मिलान्थाको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । मिलान्थाले ५० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरी ६० रन बनाए । कप्तान दीपेन्द्रले ३८ बलमा ३५ रन जोड्दा २ चौका र १ छक्का प्रहार गरे ।

गुलशन झाले लेट केमियो खेल्दै २५ रन बनाए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका उनले १० बल खेल्दै ३ छक्का प्रहार गरे । विपुल शर्माले १२ रन जोडे ।

फार वेस्टका करण केसी र उमाइर अलीले ३-३ विकेट लिए ।

लिग अन्तर्गत आइतबार पहिलो खेल लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स तथा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?