+
+

नेपाल टी-२० : उद्घाटन खेलमा काठमाडौं नाइट्स विजयी 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १७:०९

९ पुस, काठमाडौं । नेपाल टी-२० लिगको उद्घाटन खेलमा काठमाडौं नाइट्सले विजयी सुरुवात गरेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले शरद भेषावकरको कप्तानीमा रहेको पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो ।

बिहान ढिला सुरु भएको खेलको एक ओभर घटाएर १९-१९ ओभरको खेल गराइएको थियो । जहाँ काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

पोखरा एभेन्जर्सका लागि ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बल खेल्दै ६ चौका प्रहार गरे ।

आरिफ शेखले २० रन बनाए भने अमिर हम्जा र अभिमन्य मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनीले १३ रन बनाए । कप्तान शरद ६ रनमा अविजित रहे ।

काठमाडौंका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । वसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले अज्मतुल्लाह ओमारजाइको विस्फोटक ब्याटिङ मद्दतमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

५४८ रन बनाउँदा ५ विकेट गुमाएको काठमाडौंका लागि ओमारजाइ र सुनाम गौतमले शतकीय साझेदारी गरेका थिए । यी दुईले छैटौं विकेटका लागि अविजित ११४ रनको साझेदारी गरे ।

ओमारजाइले ४२ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ८५ रन बनाए । सुनामले २८ बल खेल्दै २ चौका मद्दतमा अविजित २७ रन बनाए ।

एलेक्स ब्लेकले २१ र भिरनदिप सिंहले १० रन जोड्दा सन्तोष कार्की ३ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् ।

पोखरा एभेन्जर्सका प्रतिश जिसी र जाहिर खानले २-२ तथा मौसम ढकाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?