+
+

बालकोट पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १४:०५

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका माओवादी निकट स्रोतले जनाएको छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?