+
+

नेपाल टी-२० : ललित र चाडविक वाल्टन चम्केपछि जनकपुरको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १७:२८

११ पुस, काठमाडौं । ललित राजवंशी र चाडविक वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा सोमबार विराटनगर सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । लिगमा जनकपुरको यो लगतार दोस्रो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो ।

जनकपुरलाई अन्तिम बलमा रोमाञ्चक जित दिलाउने क्रममा वाल्टनले अविजित ६९ रन बनाए ।

त्यसअघि विराटनगरलाई १४० रनमा रोक्दा जनकपुरका स्पीनर ललित राजवंशीले ५ विकेट लिएका थिए ।

विराटनगरले दिएको १४१ रनको लक्ष्य जनकपुरले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । जसमा चाडविक वाल्टनले दुई चौका र १ छक्का प्रहार गर्दै जितसम्म पुर्‍‍याए । अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा वाल्टन र आदिल आलमले दौडेर दुई रन लिएका थिए ।

वाल्टनले ५५ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा अविजित ६९ रन बनाए ।

कप्तान ट्रेभोन ग्रिफिथले २५ र शरफुद्दन असरफले २३ रन योगदान गरे । आदिल बलम १० रनमा अविजित रहे ।

विराटनगरका हुसेन तलत, नन्दन यादव, रिजन ढकाल र शाहब आलमले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर सुपर किंग्सले एक बल अगाडि सबै विकेट गुमाएर १४० रन बनाएको थियो ।

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८, रोहित पौडेलले ३२ र हुसेन तलते २८ रन बनाए । अर्जुन साउदले १८ रन जोडे ।

विराटनगरलाई अलआउट गर्न जनकपुर रोयल्सका ललित राजवंशी एक्लैले ५ विकेट लिए । यउनले ४ ओभरमा १ मेडन राख्दै जम्मा ८ रनमात्र खर्चिएका थिए । केस्रिक विलियम्स र आदिल आलमले २-२ तथा सोमपाल कामीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?