+
+

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ९:२२

१३ पुस, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

तीनजना दलको नेताको दाबी नछाडेपछि बिहीबार निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।

दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन समितिले सर्वसहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रकृया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले आज बुधबार प्रथम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

मतदाताको अन्तिम नामावली भने बिहीबार अपराह्न साढे २ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका छ । त्यसपछि तीनदेखि चारबजेसम्म मतदान हुनेछ ।

कांग्रेस २२ सिटसहित मधेश प्रदेश सभाको दोस्रो ठूलो दल रहेको छ ।

 

000

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?