+
+

राप्रपा बैठक : बहुसंख्यक नेता सरकारमा जानुपर्ने पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १६:१४

१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।

बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार कार्यसम्पादन समितिका ९० प्रतिशत सदस्यले सरकारमा सहभागी हुनुपर्ने राय दिएका छन् । यद्यपि बैठक नसकिएकाले निर्णय नभएको ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?