+
+

इष्टर्न ओपन गल्फमा शुक्र शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते २०:०८

१३ पुस, धरान ।  धरानमा जारी इस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन बुधबार नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले शीर्ष स्थान हासिल गरेका छन् ।

पार ७० को गल्फ कोर्षमा ३६ होलको खेल सकिदा कुल १० अण्डर १३० स्कोरका साथ शुक्र शीर्ष स्थानमा उक्लिएका हुन् ।

६ अण्डर ६६ स्कोरको कार्ड बनाएका शुक्रले । फ्रन्ट नाइनमा ४ अण्डर ३२ र ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाएका थिए । पहिलो दिन उनले ४ अण्डर ६६ स्कोर गर्दै सञ्जय लामासँग दोस्रो स्थानको संयुक्त साझेदारी गरेका थिए ।

शुक्रसँगै ४ स्ट्रोकले पछि परेका निरज तामाङ कुल ६ अण्डर १३४ स्कोरका साथ दोस्रो स्थानमा छन् । बुधबार निरजले १ अण्डर ६९ स्कोर खेलेका थिए । उनी पहिलो दिनको खेल सकिदा भने ५ अण्डर ६५ स्कोरका साथ शीर्षस्थानमा थिए । उनले बुधबार फ्रन्ट नाइनमा २ अण्डर ३४ र ब्याक नाइनमा १ ओभर ३५ खेलेका थिए ।

इभन पार ७० स्कोर खेलेका सञ्जय लामा कुल ४ अण्डर १३६ स्कोरका साथ तेस्रो स्थानमा छन् भने कुल ३ ओभर १३७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन् ।

बुधबार उनले इभन पार ७० स्कोर खेलेका थिए । कुल १ अण्डर १३९ स्कोर गरेका धनबहादुर थापा पाँचौ स्थानमा छन् । एमेच्योरतर्फ कुल २ अण्डर १३८ स्कोरका साथ स्थानीय गल्फर राजकुमार राई पहिलो स्थानमा छन् । बुधबार उनले ३ अण्डर ६७ स्कोर खेलेका थिए । यस्तै, ४ ओभर १४४ स्कोरका साथ युवराज भुजेल एमेच्योरतर्फ दोस्रो स्थानमा छन् ।

बुधबार ३६ होलको खेल सकिदा २१ औं स्थानसम्म रहेका खेलाडीले मात्र कट जोगाउन सफल भए । कट जोगाउन सफल ६ जना एमेच्योर खेलाडीसहित कुल २७ जना खेलाडी मात्र तेस्रो दिन (बिहिबार) प्रतियोगिता खेल्न पाउनेछन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गल्फ कोर्षमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए ।

कुल आठ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?