+
+

दमकल स्टेशन थप्दै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १३:००

१४ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेशन थप्ने भएको छ ।

महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेशनहरु निर्माण भइरहेको महानगरपालिकाका विपद् व्यवस्थापन निर्देशक रविनमान श्रेष्ठले बताए ।

उनका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेशन थप्दै छ जसअनुसार बालाजु स्टेशन विहीबारबाट सञ्चालनमा आएको छ ।

बालाजु स्टेशनमा दूई वटा दमकल, दुईवटा फायर मोटरसाईल रहेको छ । ‘महानगरसँग यो सहित ३ वटा दमकल स्टेशन सञ्चालनमा आइसकेको छ । यो वर्ष मानै थप दूईवटा स्टेशन बनाउने तयारी पनि छ । महानगरको रामहिटीमा एउटा स्टेशन, १६ नम्बर वडामा अर्को दमकल स्टेशन सञ्चालनमा छ,’श्रेष्ठले भने ।

निर्देशक श्रेष्ठका अनुसार ३ वटा स्टेशनमा गरी अहिले महानगरसँग ७ वटा दमकल तयारी अवस्थामा रहेको छ । यो वर्षमा नै नयाँ दमकल, भर्‍याङ, फायर मोटरसाईकल जस्ता अग्नी नियन्त्रणका सामाग्रीहरु खरिद गर्ने महानगरले तयारी रहेको छ ।

महाराजगञ्जमा दमकल स्टेशन राख्ने तयारी गरेता पनि नेपाली सेनाको जग्गा भएकोले महानगरलाई राख्न नदिएको निर्देशक श्रेष्ठले बताए ।

यस्तै महानगरको बल्खुमा पनि यही वर्ष दमकल स्टेशन निर्माण हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?