+
+

सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा लेखन आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते ११:५५

१७ पुस, काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्दैछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा तयार पार्ने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको भन्दै आइतबार (आज)देखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने बताए । कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने उनले बताए ।

१४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गर्दै त्यसको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको थियो । कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ । कार्यदलको प्रारम्भिक मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।

अर्थतन्त्र सुधार, विकास निर्माण, छिटोछरितो सरकारी सेवा, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य सेवा, भ्रष्टाचार न्यूनीकरण लगायतका विषयलाई साझा कार्यक्रममा समेटिने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?