+
+

आखेटोपहारको अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्त मच्छेगाउँबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १६:५६

१७ पुस, काठमाडौं । प्रहरीले दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहार)को अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-९, काठमाडौंका ५५ वर्षीय रुद्रनाथ अधिकारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मच्छेगाउँबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि २०७९ कार्तिक २७ गते दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहार)को अवैध ओसारपोसार मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?