+
+

बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते २०:४३

१९ पुस, वीरगञ्ज । १५ वर्षकी किशोरी बलात्कारको आरोपमा प्रहरीले बारामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ परेका हुन् ।

१५ पुसको साँझ उनले स्थानीय १५ वर्षकी किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो । प्रहरीले लालबाबुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । लालबाबुले निजगढमा डेरा लिएर कवाड खरिद बिक्रीको काम गर्दै आएका थिए ।

निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठ पनि १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । आइतबार राति प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका उनलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष राजनले असोज १९ गते दशैंको टिकाको दिन एक कशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?