+
+

कानुन संशोधनको माग गर्दै भन्सार एजेण्टले भेटे अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १७:५०

२० पुस, काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषदले भन्सार ऐन र नियमावलीको विभिन्न प्रावधान संशोधनको माग गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई जानकारी गराएको छ ।

राष्ट्रिय भन्सार एजेन्ट परिषदका अध्यक्ष भोलानाथ अर्यालले उपप्रधानमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै भन्सार जाँचपासमा पारदर्शिता, इमान्दारिता र वैधताको लागि मौजुदा भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ मा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।

उनले भन्सार क्षेत्रमा देखिएका बेथिती र चुहावट नियन्त्रणका लागि कानुन संशोधन गर्नुपर्ने धारणा राखे । भन्सार क्षेत्रमा विचौलियाको बिगबिगीले समग्र राजश्व संकलनमा समेत असर परेको बताए । परिषदले भन्सार ऐन र नियमावलीको संशोधन गर्नुपर्ने बुँदासहित अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उपप्रधानमन्त्री पौडेलले भन्सार एजेन्टको मागप्रति आफू सकारात्मक रहेको बताए । उनले भन्सारबाट हुने चुहावट नियन्त्रणका लागि भन्सार एजेन्टबाट आफूले ठूलो अपेक्षा गरेको पनि बताए । उपप्रधानमन्त्री पौडेलले नयाँ भन्सार एजेन्टहरुलाई भन्सार कार्यालयहरुमा सहज रुपमा काम गर्ने वातावरण बनाउने पनि बताए ।

हेर्नुहोस् एजेण्टको विज्ञप्ति 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?