+
+

उमा राष्ट्रिय करातेमा सुनील र नीमा सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १९:०५

२० पुस, काठमाडाैं । मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनील र नीमा दुवै ५५ केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन् ।

चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो । जसमा पुरुषतर्फ ५५ केजीमूनि तौलसमूहमा मनकामना डोजोका सुनील सुनीलले च्याम्पियन मार्शल आर्ट्सका अंकित श्रेष्ठलाई फाइनलमा पराजित गरेका हुन् । यो स्पर्धामा ऋतम्भरा डोजोका लाक्पा लामा र नीमा योन्जनले कांस्य जिते ।

पुरुषकै ५० केजीमूनि तौलसमूहमा मानसिंह डोजोका सुविन सुनारले स्वर्ण जित्दा ऋतम्भरा डोजोका विवेन्द्र तामाङ फाइनलमा पराजित रहे । च्याम्पियन मार्शल आर्ट्सका अग्रिम मैनाली र नेपाल हायाशी हा डोजोका उमेश नेपालीले कांस्य जिते ।

६० केजीमूनि तौलसमूहमा ऋतम्भरा डोजोका डेनिल मोक्तानले नागादेश डोजोका विमल कार्कीलाई पराजित गरी स्पर्ण जिते । ज्ञानज्योति स्कुलका अनिश गुरुङ र च्याम्पियन मार्शल आर्ट्सका राजीव खड्काले कांस्य जिते ।

६० केजीमाथि खुला स्पर्धामा च्याम्पियन मार्शल आर्ट्सका अनिल बरामले स्वर्ण जिते । उनले फाइनलमा मनमैजु डोजोका महेश चापागाईंलाई पराजित गरेका हुन् । नेशनल युनाइटेड स्कुलका अनमोल तामाङ र मनमैजु डोजोका कशुभ श्रेष्ठले कांस्य जिते ।

महिलातर्फ ४५ केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइवालाई पाराजित गरी स्वर्ण जितिन् । यो स्पर्धामा नेशनल युनाइटेड स्कुलकी अनुरती कार्की र श्री कालिका सरन स्कुलकी दीपाना तामाङले कांस्य जिते ।

५० केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । उनले महिला एकल कातामा मंगलबार पनि स्वर्ण जितेकी थिइन् । प्रतियोगिताको दोहोरो स्वर्ण जित्ने क्रममा उनले ऋतम्भरा डोजोकी रोजी तामाङलाई फाइनलमा हराइन् । च्याम्पियन मार्शल आर्ट्सकी इरा केसी र थैव डोजोकी संगीता लिम्बुले कांस्य जिते ।

५५ केनीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्ट्सकी नीमा तामाङले स्र्ण जितिन् । उनले लुभु डोजोकी आयुशा राईलाई फाइनलमा पराजित गरिन् । ऋतम्भरा डोजोकी अनिशा तामाङ र मानसिंह डोजोकी सविता तामाङले यो स्पर्धामा कांस्य जिते ।

६० केजीमूनि तौलसमूहमा नेपाल हायाशी हा डोजोकी निरुता श्रेष्ठले फाइनलमा लुभु डोजोकी सुप्रिया बोम्जनलाई हराउँदै स्वर्ण जितिन् । लुभुकै बेविशा राई र चौतारा ठूलोसिरुबारी डोजोकी अन्जु तामाङले कांस्य जिते ।

६० केजीमाथि खुला स्पर्धामा मानसिंह डोजोकी प्रविना गुरुङले स्वर्ण जितिन् । उनले फाइनलमा भृकुटी डोजोकी इरा थिङ तामाङलाई पराजित गरिन् । लुभु डोजोकी पहल्का दुरा मगर र ऋतम्भरा डोजोकी प्रशंशा श्रेष्ठले यो स्पर्धामा कांस्य जिते ।

दुई दिनसम्म सन्चालित प्रतियोगितामा १८ स्वर्णका लागि देशभरका १९ डोजोका २५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पहिलो दिन पुरुष र महिला एकल कातासहित ९ स्वर्णको छिनोफानो भएको थियो ।

प्रतियोगितामा मानसिंह जोडो टिम च्याम्पियन भएको छ । मानसिंहले प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । त्यस्तै २ स्वर्ण, ३ रजत र ८ कांस्य जितेको ऋतम्भरा डोजो टिम द्वितीय भयो भने २ स्वर्ण र २ रजत जितेको मनमैजु डोजो टिम तृतीय भयो ।

प्रतियोगितामा पदक विजेता खेलाडी तथा टिमलाई काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा सर्वोत्कृष्ट बनेका दुई खेलाडीलाई आयोजक नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले व्यक्तिगत रुपमा जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?