+
+

बाग्मतीमा २५ गतेभित्र सरकार बनाउनुपर्ने भएपछि सत्तारुढ दलहरु अप्ठ्यारोमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १३:१०
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा ।

२१ पुस, काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । यससँगै सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन् ।

सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागवण्डा भइसकेको छैन । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र त्यसपछि केन्द्र र प्रदेशको भागवण्डा टुंग्याउने तयारी थियो ।

एमाले र माओवादीका नेताहरुले बाग्मतीमा पनि त्यसअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढोस् भन्ने चाहेका थिए ।

किनकी एमाले र माओवादी मात्र मिलेर सरकार बन्दैन । राप्रपाको समर्थन अनिवार्य छ । राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गर्ने बताएपनि सहभागी हुने वा नहुने टुंग्याएको छैन । प्रदेशमा पनि निर्णय भएको छैन । सरकारमा सहभागी भएको अवस्थामा बाग्मती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिने सम्भावना छ ।

त्यसैले सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भागवण्डा टुंगो लगाउने तयारी गरेका छन् । तर प्रदेश प्रमुख शर्माले २५ पुसको अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

माओवादी केन्द्रका एक प्रदेशसभा सदस्य भन्छन्, ‘केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि भागवण्डा मिलाएर गर्ने भन्ने थियो । अब अप्ठ्यारो पर्ने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?