+
+

प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:०१

२५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’

पूर्वप्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलार्इी पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।

सरकारको न्यूनतम साझा कार्यक्रम अविलम्ब आउने भन्दै ओलीले त्यसै अनुसार सरकारले काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?