+
+

लेनदेन बिगो मुद्दाका फरार अभियुक्त त्रिपुरेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १६:४३

२५ पुस, काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको नरान उपमहानगरपालिका-१७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-८ लामाटार बस्‍ने ४४ वर्षीय सञ्जीव भट्टराई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।

उनी लेनदेन बिगो मुद्दामा २ वर्ष कैद र ४० लाख जरिवाना भएको फैसला भएको मुद्दामा उनी फरार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?