+
+

इलामको सुकिलुम्बा विमानस्थलमा हरेक आइतबार उडान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १२:५१

२६ पुस, काठमाडौं । काठमाडौंबाट इलामको सुकिलुम्बा विमानस्थलमा अब हरेक आइतबार नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले इलाममा नियमित उडान हुने दिन तोकेको हो । नेपाल एयरलाइन्सका अनुसार १ माघमा नियमित उडानका लागि जहाज जाने छ । त्यसपछि हरेक आइतबार यस विमानस्थलमा काठमाडौंबाट उडान हुने छ ।

काठमाडौंबाट इलाम करिब १ घण्टाको उडान दुरीमा रहेको छ । इलाम पूर्वी नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य हो । यो विमानस्थलमा गत वर्ष तारा एयरले नगरपालिकासँगको समन्वयमा केही उडान गरेको थियो ।

तर, नगरपालिकासँगको सम्झौता सकिएपछि ताराले उडान नियमित गर्न सकेको थिएन । इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेवानिलाई यहाँ उडान गर्न आह्वान गरिएको इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उनले बताए । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?