+
+

प्रचण्डलाई भेटेर खगराजले भने– तपाईंको र मेरो स्पिरिट मिल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ८:३८

२७ पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए ।

प्रचण्डसँगको भेटमा भएको छलफलबारे जानकारी दिंदै अधिकारीले अनलाइनखबरसँग भने, ‘काम गर्ने सवालमा तपाईंको र मेरो स्पिरिट मिलेको छ, केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु भनें ।’

भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको अधिकारीले जानकारी दिए । ‘संघीयतालाई बलियो बनाउँदै, संघीयताको मर्मअनुसार मिलेर काम गर्नुपर्छ भनेर पनि कुराकानी भयो,’ उनले भने ।

प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा आफूले बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले आफूलाई बधाई दिएको पनि उनले बताए । एमाले नेता अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिंदैछन् ।

प्रचण्डले पाएको जस्तै असाधारण विश्वासको मत पाउन आफूले पनि कोसिस गर्ने मुख्यमन्त्री अधिकारीले बताए । ‘म पनि नेपाली कांग्रेस लगायतका दललाई विश्वासको मत दिन अपिल गर्छु,’ उनले भने ।

अधिकारीले नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र राजीव गुरुङ (दीपक मनाङे)सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ । अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री बनेपछि काठमाडौं आएका अधिकारी राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?