+
+

प्रचण्ड–ओलीको दौडधुप : हिजो बालकोट, आज बालुवाटार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:०६

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् ।

स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो ।

बुधबार प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए । बिहीबार भने ओली बालुवाटार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?