+
+

मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३० गते १७:२४

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् ।

शनिबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागवण्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार विहान पनि एमाले अध्यक्ष ओलीसाग भेट भएको र सहमतिको नजिक पुगेको उनको भनाइ छ ।

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नियुक्त भइसकेका कतिपय मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?