+
+

प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३० गते १८:२७

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनीहरु निकट स्रोतहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

शनिबार विहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । शनिबार दिउँसो सम्पादकहरुसँगको कुराकानीमा प्रचण्डले मन्त्रिपरिषद विस्तारमा ओली र आफू सहमति नजिक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?