+
+

लिग टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक शृंखला फागुन २ देखि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:०४

१ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालका लागि सातौं त्रिकोणात्मक शृंखलाको खेलतालिका सार्वजनिक भएको छ ।

नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

शृंखलामा सबै टिमले ४–४ खेल खेल्नेछन् । नेपालले फागुन २ गते नामिविया, फागुन ५ गते स्कटल्याण्ड, ६ गते पुनः नामिविया र ९ गते पुनः स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

नेपालले यसअघि गत मंसिरमा स्कटल्याण्डमा यही टिमहरुसँग त्रिकोणात्मक शृंखला खेलेको थियो । नेपाल तीन खेलमा पराजित भएको थियो भने एक खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।

सात टिम सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले अहिलेसम्म २४ खेल खेल्दा १८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । अर्को वर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट प्रतियोगिता खेल्न यो लिगमा शीर्ष तीनभित्र रहनुपर्छ ।

शीर्ष तीनभित्र पर्ने नेपालको सम्भावना लगभग सकिएको छ । त्यसका लागि नेपालले बाँकी १२ खेल जितेरमात्र हुँदैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

लिगको शीर्ष ५ मा परेमा नेपालले एकदिवशीय मान्यता जोगिने सम्भावना रहन्छ । त्यसका लागि घरेलु मैदानमा हुन लागेको यो शृंखलामा नेपालले अधिकतम खेल जित्नुपर्ने चुनौति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?