+
+

श्रीलंकामाथि भारतको कीर्तिमानी जित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते २०:४२

१ माघ, काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकामाथि ३१७ रनको फराकिलो जित हासिल गरेको छ ।

आइतबार ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंका जम्मा ७३ रन जोड्दा अलआउट भयो । यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २००८ मा न्युजिल्याण्डले आयरल्याण्डमाथि निकालेको २९० रनको जित सबैभन्दा फराकिलो थियो ।

भारतका मोहम्मद सिराजले ४, मोहम्मद सामी र कुलदिप यादवले २/२ विकेट लिए ।

श्रीलंकाका नुवानिदु फर्नान्डोले १९, कसुन राजिथाले नटआउट १३ र दसुन सनकाले ११ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले विराट कोहलीको नटआउट १६६ र शुभम गिलको ११६ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन जोडेको थियो ।

भारतका श्रेयस ऐयरले ३८ र रोहित शर्माले ४२ रन रनको योगदान गरेका थिए । यो जितसँगै भारतले तीन खेलको श्रृङ्खला क्लिनस्वीप गरेको छ । पहिले एकदिवसीयमा भारत ६७ रनले विजयी भएको थियो भने दोस्रो एकदिवसीय ४ विकेटले जितेको थियो ।

यसअघि तीन खेलको टी–२० श्रृङ्खला पनि भारतले २–१ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?