+
+

प्रधानमन्त्री कप महिला टी–२० को सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १२:४९

४ माघ, काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा समूह चरणको खेल नसकिँदै सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार समूह बी अन्तर्गत मधेशले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको हो ।

समूह ए बाट सुदूरपश्चिम र एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् ।

६ माघमा हुने सेमिफाइनलमा सुदूरपश्चिम र प्रदेश १ तथा एपीएफ र मधेशबीच प्रतिस्पर्धा हुनेछ । बुधबार गण्डकी र बागमतीबीच समूह चरणको अन्तिम खेल हुन बाँकी रहँदै सेमिफाइनल खेल्ने टिमहरु निश्चित भइसकेका हुन् ।

इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०७ रनको योगफल खडा गरेको थियो । उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेकी साना प्रभिनले अविजित ४६ रन बनाइन् । उनले ६४ बलमा ५ चौका प्रहार गरिन् । रोजी कदारीले १५ रन जोडिन् ।

लुम्बिनीको खराव बलिङका कारण यो खेलको नतिजामै असर परेको हो । लुम्बनीका बलरहरुले अतिरिक्त २७ रन खर्चेका थिए । लुम्बिनीका मनीषा राना, सरस्वती पुन र बिभास्ना बिसीले १–१ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रनमा सीमित रह्यो । लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले समान २१ रनको अविजित पारी खेले । आशा पुलामी मगर र कप्तान सरस्वती जीएमले ११–११ रन बनाए । लक्ष्मी चौधरीले १२ तथा सरस्वती पुनले १० रन जोडिन् ।

बलिङमा मधेशकी भूमी सिंहले २ विकेट लिइन् । उनले ४ ओभरमा १० रन खर्चिइन् । कविता गौतमले १ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?