+
+

सीआरआर र सीडी रेसियो कयाम नगर्ने विकास बैंक र फाइनान्सलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:३६

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) र अनिवार्य नगद अनुपात (सीआरआर) कायम नगरेको भन्दै विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गैर स्थलगत सुपरिवेक्षणका आधारमा राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ६ वटा विकास बैंक र ४ वटा वित्तीय संस्थालाई कारबाही गरेको हो ।

कर्णाली डेभलमेन्ट बैंकले २०७९ असार मसान्तमा राष्ट्र बैंकले तोकेको विपन्न वर्ग कर्जा लगानी नगरेपछि १ लाख ५२ हजार ९३० रुपैयाँ नगद जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ । कर्णाली डेभलमेन्ट बैंकले नै अनिवार्य नगद अनुपात कायम नगर्दा प्रथम पटक ७०७ रुपैयाँ र दोस्रो पटकमा ३२ हजार ९६९ रुपैयषँ नगद जरिवानामा परेको छ ।

यस्तै कर्पोरेट डेभलमेन्ट बैंकले साउन र भदौमा सीडी रेसियो कायम नगर्दा साउनमा २० लाख १३ हजार २ रुपैयाँ र भदौमा २३ लाख १४ हजार ४९४ रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । सिन्धु विकास बैंकले पनि साउन र भदौमा सीडी नपुर्‍याउँदा साउनमा १ लाख २६ हजार ३८५ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१ रुपैयाँ नगद जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेअनुसार सीडी रेसियो कायम गर्न नसक्दा नारायणी विकास बैंकलाई पनि साउनमा ४ लाख ६३ हजार ७९४ रुपैयाँ र भदौमा ५ लाख १६ हजार ३०८ रुपैयाँ नगद जरिवाना गरेको छ । यस्तै सप्तकोशी डेभलमेन्ट बैंकले पनि सीडी रेसियो कायम नगर्दा साउनमा २१ लाख ८० हजार ६६३ रुपैयाँ र भदौमा २८ लाख ९७ हजार ३५५ रुपैयाँ नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले सालपा विकास बैंकले पनि प्रथम त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगर्दा ३५४ रुपैयाँ नगद जारीवाना गरेको छ । यता फाइनान्स कम्पनी नेपाल फाइनान्सले सीडी रेसियो कायम नगरेपछि साउनमा १९ हजार ३३१ रुपैयाँ र भदौमा १ लाख ६५ हजार ५८४ रुपैयाँ नगद जरिवाना गरेको छ । जानकी फाइनान्सलाई पनि सीडी रेसियो कायम नगर्दा साउनमा ६ लाख ५५ हजार १९४ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ८०० रुपैयाँ नगद जरिवाना भएको राष्ट्र बैंकले जनाएको छ ।

समृद्धि फाइनान्सलाई भदौमा सीडी रेसियो कायम नगर्दा ८० हजार ७४५ रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सले प्रथम त्रैमासमा अनिवार्य नगद मौज्दात कायम गर्न नसक्दा २३ हजार १८९ रुपैयाँ नगद जरिवाना भएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?