+
+

भारतीय क्रिकेटर शुभमन गिलको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते २०:०५

४ माघ, काठमाडौं । भारतको एकदिवसीय टोलीमा उनको स्थानमा प्रश्न उठेको थियो, किनभने उनी टिम बाहिर रहेको बेला स्थान लिएका ब्याटर इशान किसनले गत महिना बंगलादेशविरुद्ध दोहोरो शतक बनाएका थिए ।

टिममा फर्केपछि किसनको ठाउँ लिएका शुभमन गिलले पनि आफ्नै नाममा दोहोरो शतक बनाएका छन् । टिममा पुनरागमन गरेपछि उनले पहिलो तीन इनिङ्समा ७०, २१ र ११६ रन बनाएका थिए । चौथो खेलमा न्युजिल्याण्डविरुद्ध २०८ रन बनाउँदै आफ्नो स्थानलाई लिएर उठेका प्रश्नको जवाफ दिएका छन् ।

हैदरावदाको ट्रयाक ब्याटिङका लागि सजिलो थिएन, १४९ बलमा गिलले बनाएको २०८ रनको स्कोरपछिको अर्को उत्कृष्ट स्कोर रोहित शर्माको ३४ रन भयो ।

गिलको २०८ रनको मद्दमा भारतले ८ विकेट गुमाएर ३४९ रन मात्र बनायो । यो कुनै पनि ब्याट्सम्यानले दोहोरो शतक बनाएको इनिङमा बनेको अहिलेसम्मकै कम रन हो ।

ब्याटरलाई जस्तै बलरलाई पनि गाह्रो थियो, तर मिचेल सान्टनर र माइकल ब्रेसवेलको लागि अजीब बल टर्न भयो । न्युजिल्यान्डले नियमित रूपमा विकेट लिन थाल्यो । भारतको ४ विकेट गइसकेको थियो । त्यसपछिका ८ बलमा १९, १२ बलमा १७, ८ बलमा १२ र १० बलमा १८ रन बनाए गिलले । न्युजिल्यान्डले ३५ औं देखि ४७ औं सम्म १३ ओभरमा मात्र ९३ रन दियो । गिलले अन्तिम १२ बलमा ३९ रन बनाएर आक्रामक प्रदर्शन गरे ।

टस जितेर ब्याटिङ गर्दै रोहितले गिलसँग मिलेर आक्रामक सुरुवात दिलाएका थिए । तर रोहित ३४, विराट कोहली ८ र इशान किसन ५ रनमा आउट भइसक्दा भारत ३ विकेटको क्षतिमा ११० रनको स्थितिमा थियो ।

मैदानमा गिल उत्कृष्ट देखिन्थे । उनको ब्याक-फुट पन्च, अतिरिक्त कभर ड्राइभ र डिसमिसिभ पुलहरू सबै प्रदर्शनमा गरे । गिलले स्पिनरहरुलाई दबावमा राखे । मिचेल ब्रासवेलको अफब्रेक बाहिरी किनारामा  लाग्यो, तर टम लाथमले क्याच छोडे । गिल पछि हटेनन् । सोही ओभरमा उनले छक्का प्रहार गर्दै ५२ बलमा ५२ रन बनाए ।

गिल र सूर्यकुमार यादवले ५३ बलमा ६५ रनको साझेदारी गरे । सूर्यकुमारले डेरिल मिचेललाई सिधै कभर गर्ने क्रममा न्युजिल्याण्डलाई समयमै सफलता दिलाए ।

सूर्यकुमार यादव ३१ रनमा आउट भएको केही क्षणपछि गिलले छक्का लगाएर ९९ रन बनाए र अर्को बलमा शतक पूरा गरे । त्यतिबेलासम्म उनले ८६ बल फेस गरेका थिए ।

४०औं ओभरमा सान्टनरले हार्दिक पाण्ड्यालाई बोल्ड गरे । पाण्ड्या आउटको निर्णय थर्ड अम्पायरले गरेपछि भारत ४०औं ओभरमा ५ विकेटमा २४९ रनको स्थितिमा थियो ।

डेथ ओभरमा न्युजिल्याण्डलाई प्रहार गर्न गाह्रो भयो । तिनीहरूले वाशिंगटन सुन्दर र शार्दुल ठाकुरको विकेट पनि लिए, जसले गर्दा गिलले विकेट बचाएर खेल्नु परेको थियो ।

तर तीन ओभर बाँकी छँदा गिलले प्रहार गर्न मिल्ने बलको प्रतीक्षा गर्न छोडे । गिलले ४८औंमा ब्लेयर टिकनरको बलमा दुई छक्का र ४९औंमा फर्गुसनको सुरुका ३ बलमा लगातार छक्का हाने र दोहोर शतक पूरा गरे । २०० रन बनाउँदा उनले १४५ बल खेलेका थिए ।

न्युजिल्यान्डका लागि चुनौतीपूर्ण ३५० रनको लक्ष्य दिन उनले १९ चौका र ९ छक्का प्रहार गरेका थिए ।

यो प्रदर्शनले २३ वर्षका गिल दोहोर शतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।  गिलले बनाएको २०८ रन एक दिवसीय क्रिकेटको उच्च आठौं स्कोर हो  । एक दिवसीय क्रिकेटमा भारतकै रोहित शर्माले सबैभन्दा धेरै २६४ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा व्यक्तिगत उच्च स्कोर

१) रोहित शर्मा, २६४ रन – श्रीलंका विरुद्ध, २०१४
२) मार्टिन गुप्टिल, २३७* रन – वेस्ट इन्डिज विरुद्ध, २०१५
३) वीरेन्द्र सहवाग, २१९  रन – वेस्ट इन्डिज विरुद्ध, २०११
४) क्रिस गेल, २१५  रन – जिम्बाब्वे विरुद्ध, २०१५
५) फकर जमान, २१०* रन – जिम्बाब्वे विरुद्ध , २०१८
६) इशान किसन,२१० रन – बंगलादेश विरुद्ध, २०२२
७) रोहित शर्मा, २०९ रन – अष्ट्रेलिया विरुद्ध, २०१३
८) रोहित शर्मा, २०८* रन – श्रीलंका विरुद्ध, २०१७
९) शुभमन गिल, २०८ रन – न्यूजिल्याण्ड विरुद्ध, २०२३
१०) सचिन तेन्दुलकर, २००* रन – दक्षिण अफ्रिका विरुद्ध, २०१०

-क्रिकइन्फोको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?