+
+

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ७:४१

५ माघ, काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् ।

बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।

उनले फेब्रुअरी ७ सम्म लेबर पार्टीको नेताबाट राजीनामा दिइसक्ने बताएकी समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । लेबर दलको उपनेताले समेत पार्टी नेतृत्वमा रुची नभएको बताएका छन् ।

न्यूजील्याण्डमा यही वर्षको अक्टोबर १४ मा आम निर्वाचन हुँदैन ।

आर्डर्नले आफ्नो भविष्यबारे केही समयपछि सोच्न प्रतिक्रिया दिएकी छिन् ।
सन् २०१७ मा प्रधानमन्त्री पद सम्हाल्दा उनी ३७ वर्षकी थिइन् । उनी त्यतिबेला विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनेकी थिइन् ।

आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती व्यहोरिन‍् ।

राजीनामा पछि उनले परिवारलाई समय दिने बताएकी छिन् ।  ‘म छोड्दै छु, किनकि यस्तो विशेषाधिकार प्राप्त भूमिकाको साथ जिम्मेवारी आउँछ। त्यस्तो जिम्मेवारी जसले कहिले तपाईं नेतृत्वको लागि सही व्यक्ति हुनुहुन्छ र कहिले हुनुहुन्न भन्ने कुरा तपाईँलाई थाहा दिन्छ,’ उनले भनेकी छन्।

उनले अगाडि थपिन्, ‘मलाई थाहा छ यो जिम्मेवारी पूरा गर्न के चाहिन्छ र मलाई थाहा छ कि मसँग अब यस जिम्मेवारीमा बसेर न्याय गर्न पर्याप्त [क्षमता] छैन। यो एकदम सरल कुरा हो।’

उनले चुनाव सहजरूपमा जितिने भए पनि नयाँ चुनौतीका लागि नयाँ पाखुराहरू चाहिने हुनाले आफूले छाड्ने बताइन् ।
उनले गर्मीको छुट्टीको बेला थप योजना बनाउने बताएकी छिन् । उनले भनिन्, ‘मलाई विश्वास थियो कि मलाई आफ्नो बचेको कार्यकाल पूरा गर्ने कुनै कारण मिल्नेछ, तर दुःखको कुरा यस्तो भएन । यदि म अब पनि पदमा रहेँ भने यसले न्यूजील्याण्डलाई नोक्सान पुग्नेछ ।’
युवावयमा देशको वामपन्थी पार्टीसँग जोडिएकी उनी अन्तिम देशका अन्तिम वापमन्थी प्रधानमन्त्री हेलेन कर्लार्कको कार्यालयमा काम गर्थिन् । यसका साथै उनी बेलायतमा टोली ब्लेयरकी सल्लाहकार पनि थिइन् ।
उनले आफूलाई ‘भोकसँग संघर्ष गरिरहेका बच्चा र उनीहरूको नाङ्गो खुट्टाले’ राजनीतिमा आउन प्रेरित गरेको बताउँदै आएकी छिन् । उनले राष्ट्र प्रमुख रहेकै बेला एक बच्चा जन्माएकी थिइन् ।
त्यतिबेला उनले भनेकी थिइन्, ‘म काम गर्ने र आमा बन्ने पहिलो महिला होइन । कैयौं महिलाहरूले पहिला पनि यस्तो गर्दै आएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?