+
+

माइकल ज्याक्सनमाथि बायोपिक फिल्म ‘द माइकल’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १२:०३

काठमाडौं । चर्चित गायक माइकल ज्याक्सनको जीवनमाथि फिल्म ‘द माइकल’ निर्माण हुने भएको छ । हलिउड स्टुडियो लायन्सगेट र निर्देशक एन्टोइन फुक्वाले उनीमाथि फिल्म निर्माण गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।

ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’का निर्माता ग्राहम किङले यो बायोपिक फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग मिलेर फिल्म निर्माण गर्दैछन्, जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन् ।

‘ग्लेडिएटर’ र ‘द एभिएटर’जस्ता हिट फिल्मका लेखक जोन लोगनले स्क्रिप्ट लेख्ने भएका छन् ।

‘मेरो करिअरको पहिलो फिल्म भनेकै म्युजिक भिडियोहरु थिए । मलाई अझै पनि लाग्छ कि फिल्म र संगीतको संयोजन मभित्रको गहिरो अंश हो,’ निर्देशक फुकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो लागि माइकल ज्याक्सनको शक्ति, करिश्मा र संगीत प्रतिभा भएको अर्को कुनै कलाकार छैन । एमटीभीमा खेल्ने पहिलो अश्वेत कलाकार जसको काम हेरेर मैले संगीत भिडियो बनाउन सिकें । उनको संगीत र ती तस्वीर मेरो विश्वदृष्टिको हिस्सा हुन् । संगीतसँगै पर्दामा उनको कथा सुनाउनु जरुरी थियो ।’

१५ ग्रामी अवार्ड जितेका र बाल्यकालदेखि नै स्टारडम प्राप्त गरेका उनी ठूलो पपस्टार बने । माइकलको ५० वर्षको उमेरमा निधन भयो । लायन्सगेटका अनुसार फिल्मले ज्याक्सनको जीवनका सबै पक्षलाई चित्रण गर्नेछ । यद्यपि फिल्मले उनीसँग जोडिएका कतिपय सांगीतिक विवादलाई कसरी सम्बोधन गर्नेछ भन्ने कुरा यकिन छैन ।

बाँचुञ्जेल गायक ज्याक्सनलाई बालयौन दुव्र्यवहारको आरोप लागिरह्यो । लायन्सगेट ‘द माइकल’लाई उत्तर अमेरिकामा वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय साझेदार पनि खोज्नेछ । संगीत बायोपिक पछिल्ला वर्षमा आकर्षक सावित भएका छन् । कोरोना महामारीअघिको फिल्म ‘बोहेमियन र्याप्सोडी’ले विश्वव्यापी रूपमा ९१० मिलियन डलर कमायो । जब लरम्यानको ‘एल्भिस’ले पुराना दर्शकलाई थिएटरमा फर्काउन भूमिका खेल्यो ।

फुक्वाले अन्तिम पटक विल स्मिथको ‘इम्यानसिपेसन’ निर्देशन गरेका थिए र डेन्जेल वाशिंङ्टनसँग ‘द इक्वलाइजर ३’ फिल्म गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?