+
+

प्रचण्डजीको लिभिङ टुगेदर कांग्रेससँग र लगनगाँठो अर्कैसँग : राजकिशोर यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १७:१३

७ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशेर यादवले प्रधानमन्त्री प्रचण्डसँग जनताले धेरै आश राखेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाली राजनीतिमा सबैभन्दा ठूलो चुनौती विश्वसनीयताको रहेको उल्लेख गर्दै विश्वास जित्न, कथनी र करनीमा एकरुपता कायम गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डप्रति सदनले अभुतपूर्व विश्वास गर्नुको पछाडि आश राख्नु पनि रहेको उनले बताए ।

पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा तमाम शोषित पीडित र गरिब जनताले ठूलो भरोसा राखेको उनले बताए । यसपटक पनि भरोसा रहेको तर, प्रचण्ड रुपान्तरण भएर पुष्पकमल दाहाल त भएको होइन भन्ने शंका रहेको सांसद यादवले बताए । ‘प्रचण्डजीले प्रचण्डको रुपमा गरेको बाचा नबर्सिदिउन् भन्ने हाम्रो कामना छ, आग्रह छ’ उनले भने ।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं-१० जना जनताले हराउँदा पनि सिरहाका जनताले जिताएर पठाएको उल्लेख गर्दै उनले मधेशी जनताको अधिकार ख्याल गर्न आगह गरे । त्यसबेला भावुक भएर प्रचण्डले मधेश जाँदा मधेशसँग लभ परेको भनी गरेको सम्बोधन पनि उनले स्मरण गरे ।

‘प्रचण्डले नै मधेशसँग लभ पर्न थालेको छ भन्दा मधेशका जनताको अब दुखका दिनहरु हराउनेछ भन्ने विश्वास गरेका थिए’ उनले भने, ‘प्रचण्डजी लभ मधेशसँग गर्नुभयो, लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो र लगन गाँठो त अर्कैसँग गाँसेर रमाइरहनुभएको छ ।’

जनताले अब अवस्था बदलिएको हेर्न चाहेको उल्लेख गर्दै सांसद यादवले सोही अनुसार कार्य गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई आगह गरेका छन् । उनले भने, ‘यदि यही पारा रह्यो भने, व्यवस्था यसरी नै घुमिफिरी रुम्जाटार रह्यो भने हामी कहीँ पुग्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?