+
+

काठमाडौंमा हुन लागेको दुबई प्रोपर्टी मेला प्रहरीले रोक्यो, चार जनाको पासपोर्ट नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १८:५०

८ माघ, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको होटल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ ।

सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उनका अनुसार आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट बरामद गरिएको छ । ‘यसको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो, त्यसैले बरामद गरेर अनुसन्धानका लागि उतै जिम्मा लगाउँछौं’, कार्कीले भने ।

विदेशी विनिमय ऐन, २०१९ ले नेपाली नागरिकले विदेशमा लगानी गर्न नहुने व्यवस्था गरेको छ । प्रहरीले यस विषयमा विस्तृत बुझ्ने काम भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?