+
+

सरकारले निर्देशन दिनासाथ आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया थाल्छौं : नेवानि अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते ११:४३

९ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सोमबार पर्यटन मन्त्री सुदन किरातीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।

‘निगमको आफ्नै स्रोतले २/३ वटा जहाज किन्न सप्छ,’ उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउछौं ।’

अब छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा पेश गर्ने उनले बताए । राष्ट्रिय ध्वजाबाहकले नाफा भन्दा सेवालाई प्राथमिकता दिएर उडान सेवा दिनु पर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?