+
+

गुल्मी अस्पतालमा डाक्टर टिकाउन तलब बराबरको प्रोत्साहन भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १४:०३

९ माघ, गुल्मी। रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको छ ।

पहाडी अस्पतालमा डक्टरहरु पनि आउन नमान्ने भएकाले जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन  रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

पहाडी अस्पतालहरुमा बिशेषज्ञ डक्टरहरु आउन नमान्ने र आइहाले धेरै समय नबस्ने भइरहेपछि रेसुङ्गा नगरपालिकाले प्रोत्साहन र आवश्यक उपकरण पनि खरिद गर्ने गरेको छ । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ ।

हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आवश्यक सी-आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गरेको छ । पुनः गुल्मी अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टरको पनि सेवा थप भएको छ । त्यस्तै अस्पतालमा अर्का मेडिकल जनरलिष्ट डक्टर पनि थप भएका छन् । जिल्लामा स्त्रीरोग बिशेषज्ञ डक्टरहरुको अभावमा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो।

त्यसको अत्यका लागि गुल्मी अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डक्टर थप गरिएको गुल्मी अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पच्याले बताए । गुल्मी अस्पतालमा स्त्रीरोग बिशेषज्ञ सेवा दिन डा.सोफिया थापा आएकी छन् ।

त्यस्तै जिल्लामा स्त्रीरोग बिशेषज्ञ डक्टरको अभावमा कैयौं बिरामी पाल्पा बुटवल जानुपर्ने बाध्यतालाई अत्य गर्न रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थी र गुल्मी अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पच्याले पहल गरेका थिए । सोही अनुसार जिल्लामा धमाधम विशेषज्ञ डक्टरहरु थप हुँदै जान थालेका छन् ।

गुल्मी अस्पतालमा आएका स्त्रीरोग बिशेषज्ञ डक्टर डा. सोफिया थापा र मेडिकल जनरलिष्ट डा. नरमा छन्त्याललाई रेसुङ्गा नगरपालिकाले सम्मान गरेको छ । उनीहरुको काम गर्ने मनोबललाई थप हौसला प्रदान गर्न नगरपालिकाले सम्मान गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले गुल्मेली नागरिकलाई सेवा दिने क्रममा नम्र व्यवहारले भरपुर सेवा प्रदान गर्न आग्रह गरे । गुल्मी अस्पतालाई आम नागरिकको मेरो अस्पताल हो भन्ने भावना जगाउन थप स्तरीय सेवाका लागि रेसुङ्गा नगरपालिकाले सधै सहकार्य गर्ने नगरप्रमुख पन्थीले बताए ।

अब केहि दिनमै गुल्मी अस्पतालबाट मृगौला पिडितहरुको डाइलाइसिस सेवा पनि थप गरिने पन्थीले बताए । गुल्मी अस्पतालमा बिशेषज्ञ डक्टरहरुको थप हुनु जिल्ला वासीको लागि खुसीको कुरा रहेको गुल्मी अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। उत्तम पच्याले बताए ।

सबै आम नागरिकको सहयोगले नै गुल्मी अस्पतालको सेवालाई थप प्रभावकारी बाउनदै लगिने पच्चाले बताए । अब गुल्मी अस्पतालमा तीन जना मेडिकल जर्नालिष्ट डक्टरहरु भएका छन् ।

जसले दैनिक चाप रहेको गुल्मी अस्पतालको सेवामा थप सहजता ल्याउने गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताए । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।

०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि साढे ५ तलाको नयाँ भवन बन्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?