+
+

इन्टर कलेज क्रिकेटको फाइनलमा पुग्‍यो नेशनल इन्फोटेक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते २०:११

९ माघ, वीरगञ्ज । नेशनल इन्फोटेक कलेज, वीरगञ्जमा जारी चौथो इन्टर कलेज प्लस २ नकआउट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिद्धार्थ कलेजलाई ५७ रनले पराजित गर्दै नेशनल इन्फोटेक कलेजले अन्तिम २ मा स्थान बनाएको हो ।

टस जितेर ब्याटिङ गरेको नेशनल इन्फोटेक कलेजले १९ दशमलब ४ ओभरमा पुरै विकेटको क्षतिमा १ सय ३९ रन बनाएका थियो ।

१ सय ४० रनको जवाफी लक्ष्य पछ्याएको सिद्धार्थ कलेजले १८.२ ओभरमा पुरै विकेटको क्षतिमा ८२ रनमै समेटिएको थियो ।

नेशनल इन्फोटेकका लागि २ ओभरमा ८ रन दिई ३ विकेट लिन सफल असाब असांरीले म्यान अफ द म्याच घोषित भए ।

बुधबार हुने फाईनल खेलमा ग्लोबल बिजनेश कलेज र नेशनल इन्फोटेक कलेजबीच प्रतिश्पर्धा हुने आयोजक वीरगञ्ज युवा च्याम्प्स क्लबले रामजी राजा अन्सारीले जानकारी दिए ।

ग्लोबल बिजनेश कलेजले ओम इन्टरनेशनल एकेडेमीलाई १ सय ६ रनले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । चौथो इटर कलेज प्लस २ नकआउट क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?