+
+

गृहमन्त्री लामिछानेको मुद्दाको इजलासमा एक जना न्यायाधीश फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १०:५९

११ माघ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । त्यसैले वरिष्ठताका आधारमा राउत पनि संवैधानिक इजलासमा परेका थिए ।

अहिले श्रेष्ठ आएसँगै उनी हटेका हुन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?