+
+

सुनको मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १२:०३

१२ माघ,काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।

सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

उच्चतम् रेकर्ड बिन्दुबाट बुधबार तोलामा एक सय रुपैयाँले सस्तो भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो ।

बिक्री मूल्य उच्च भएपछि सुनको कारोबार गत साता देखि नै प्रभावित भएको महासंघले जनाएको छ ।

एक लाख रुपैयाँ तोलामा मूल्य नाघ्ने बित्तिक्कै सुनको नयाा गहना खरिद गर्न आउनेहरु घटेको महासंघका महासचिव धर्म सुन्दर बज्राचायले बताए ।

उच्चतम् मूल्यका कारण पुराना गहनाहरु बिक्रीका लागि आउनेहरूपनि गत सातादेखि नै बढिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?