+
+

तारादेवीको १७ औं स्मृति दिवसमा गायक-गायिकाले गाए कालजयी गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १५:५६

काठमाडौं । स्वर किन्नरी तारादेवीको १७  औं स्मृति दिवसमा ‘सम्झनामा तारादेवी’ कार्यक्रम गरिएको छ ।

तरादेवी स्मृति फाउण्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा ज्ञानु राणाले धर्मराज थापाको शब्द तथा संगीत रहेको तारादेवीको गीत ‘कालीपारे दाइ’ गाइन् ।

यसैगरी गीता पाण्डेले ‘हराएझैं केही लाग्छ’, जीना रसाइलीले ‘आमा भएर बाँचिहेर’, प्राश्ना शाक्यले ‘उकाली ओरालीहरुमा’, संगीता शाक्यले ‘फूलको थुंगा’ गीत प्रस्तुत गरे । अन्य गायक-गायिकाले पनि तारादेवीका कालजयी गीतहरु गाएर सुनाए ।

कार्यक्रममा गीतकार यादव खरेल, संगीतकार माणिकरत्न स्थापित र गायिका सुशीला कंसाकारलाई तारादेवी स्मृति सम्मान प्रदान गरियो । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

सन् १९४६ मा काठमाडौंको इन्द्रचोकमा जन्मिएकी तारादेवीको सन् २००६ मा निधन भएको थियो । नेपाली संगीतमा कालजयी गीत दिएकी उनलाई स्वर किन्नरी उपाधि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?