+
+

मलिका महत स्टारर फिल्म ‘सतीदेवी’ फागुनदेखि छायांकनमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १७:१९

काठमाडौं । अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर बनाउन लागिएको फिल्म ‘सतीदेवी’को छायांकन आगामी फागुन तेस्रो सातादेखि हुने भएको छ । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखन रहेको फिल्म नारीप्रधान कथावस्तुमा निर्माण हुन लागेको हो ।

ग्रामीण युवतीको संघर्षको कथा प्रस्तुत गर्ने यो फिल्मलाई काठमाडौं र उपत्यकाबाहिर छायांकन गर्ने तयारी छ । सरस्वती पूजाको दिन पारेर बिहीबार फिल्मको औपचारिक घोषणा गरिएको हो । चलचित्र विकास बोर्डबाट निर्माताले सतीदेवी फिल्मको लागि निर्माण इजाजत पनि लिएका छन् ।

फिल्ममा मलिकासहित भोलाराज सापकोटा, कुलदीप अधिकारी र मनिषा सापकोटाको समेत अभिनय हुनेछ । शीर्षक सतीदेवी भए पनि हिन्दू धर्मकी एक देवी सतीदेवीबारे फिल्म आधारित नभएर शीर्षक मात्र भएको निर्देशक सुवेदीले अनलाइनखबरलाई बताए । फिल्मका अन्य कलाकार पनि तय हुन बाँकी रहेको र केही दिनमा वर्कसप सुरु हुने जनाइएको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनले फिल्म निर्माण गर्न लागेको हो । ‘यात्रा’ डेब्यु गर्ल मलिकाको पछिल्लो फिल्म ‘पानीफोटो’ थियो जहाँ उनले गाउँले युवतीको भूमिका निर्वाह गरेकी थिइन् । त्यतिबेला उनले आफूलाई ग्रामीण कथावस्तुका फिल्ममा अभिनय गर्न रुचि लागेको बताएकी थिइन् ।

निर्देशक लक्ष्मण सुवेदीले यसअघि एउटा साथी र लालजोडी फिल्म निर्देशन गरेका छन् । सुवेदीले लेखेको फिल्म ‘कृष्णलीला’ हालै रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?